विश्व मानचित्रमा नेपाल सानो देश भएतापनि प्राकृतिक र साँस्कृतिक सम्पदाले धनी छ । विदेशीहरु पर्यटकको रुपमा घुम्न मात्र नभई नेपालको जातिय परम्परा, धार्मिक, भाषिक, साँस्कृतिक तथा अन्य विषयमा जान्न, अनुभव बटुल्न र खोजपूर्ण अनुसन्धान गर्न निकै इच्छुक देखिन्छन् । विभिन्न देशका नागरिकहरुले विभिन्न विषयमा खोजपूर्ण अनुसन्धान गरी विद्यावारिधी गर्दै जाने क्रममा एक जना अमेरिकी नागरिक आना स्टार (Anna Marie Stirr) ले पनि आफ्नै देशको कोलम्विया युनिभर्सिटीबाट नेपाली लोक दोहोरी संगीत सम्बन्धी छिट्टै विद्यावारिधी गर्दै छिन् ।
विद्यावारिधीको उनले नेपाललाई रोज्न पुगिन् । र उनीले नेपाली लोक दोहोरी गीत, लय-भाकाहरु संकलन गर्दै जाने क्रममा नेपालमा थुप्रै साँस्कृतिक कार्यक्रमहरुमा स्टेजमा गाउदा गाउदै हिड्ने क्रममा आफूलाई विदेशी लोक दोहोरी कलाकारको रुपमा स्थापित गराई सकेकि छिन् । तेजिलो दिमागकी प्रतिभाशाली आनाको तेस्रो भाषा साहित्यमा गीतको माध्यमबाटै त्यस व्यक्तिको भावना बुझी तत्कालै उत्तर दिने कलाको क्षमतालाई मान्नै पर्छ । उनको यो क्षमताले तेस्रो भाषा सिकेर पढ्न लेख्न कुनै ठूलो कुरा रहेन छ भन्ने प्रमाणित गरी दिएको छ ।आमा गेयल र बुबा रीकको तीन छोरीहरु मध्ये जेठी आना मार्च ११-१९८० मा टेक्सेस यु.एस.ए. मा जन्मिएकी हुन्। यिनकी माइली वहिनीले मास्टर्स गर्दैछिन् भने कान्छी वहिनीको विवाह भई सकेको छ। त्यसो त, विद्यावारिधी गर्न त्यति सजिलो भएन छैन। आनाको नेपाल बसाइ अब ४ महिना मात्र बाँकी छ। तर आनालाई विद्यार्थी जीवनको कठिन यात्रालाई नेपालको भूमिमा रहेर आफ्नो अगाडिको चुनौतिहरु छिचोल्दै नेपाली संगीतका लोक गीत, लय, भाका, साहित्यसँग जुद्धदै, नेपाली लोक दोहोरी कलाकारहरुसँग भला कुसारी गर्दै जाँदा यो यात्राले समय कटेको पत्तै भएन रे !फुर्सदको मौका छोपी आनासँग हाम्रा सहयोगी पूर्ण थापा मगर 'सुगा'ले नेपाल मगर संघ केन्द्रिय कार्यालय, काठमाडौंमा गरेको कुराकानी यहाँ प्रस्तुत छ:युएस नेपाल अनलाइन: नेपाल आउनु भएको कति भयो?
आना स्टार: आउने जाने गर्दा ७ वर्ष जति भयो ।युएस नेपाल अनलाइन:किन आउनु भएको हो नी?आना स्टार: नेपाली लोक दोहोरीमा विद्यावारिधी गर्नको लागि नेपाल आएकी हुँ ।

युएस नेपाल अनलाइन: नेपालीहरुले तपाईलाई विदेशी लोक दोहोरी गायिका भनेर चिन्दा आफ्नो देशमा चाँही के भनेर चिन्दछन् त?आना स्टार: म अहिले पढ्दै छु त्यसैले विद्यार्थीको रुपमा मात्र चिन्दछन् ।
युएस नेपाल अनलाइन: नेपाली लोक दोहोरी गीत गाउन थाल्नु भएको चाहि कति वर्ष भयो?
आना स्टार: विद्यावारिधी गर्नको लागि नेपाली लोक लय, भाका साथै गीतको अनुसन्धान गरेको डेढ वर्ष बढि भयो । पहिलो चोटी २०६३ मा लमजुङ गौडा गा.वि.स.मा लोकदोहोरी गाएको थिएँ । त्यतिखेर भने मलाई राम्रोसँग दोहोरी गीत गाउन आएन । तर पनि गाउँलेले हौषला गरेर सिकाए।युएस नेपाल अनलाइन: तपाई नेपाली राम्रोसँग बोल्न सक्नु हुन्छ र नेपाली लोक साहित्य पनि राम्रोसँग बुझ्नुहुन्छ । नेपाली अक्षर लेख्न, पढ्न आउँछ त?
आना स्टार: आउन त आउँछ तर यहाँको नेपाली मातृभाषा बोल्नेहरु जस्तो राम्रोसँग आउँदैन । अनि यहाँको नेपाली साहित्य वोल्दा जति सजिलो हुन्छ पढ्न, लेख्न त्यति आउँदैन तर साधारण लेख्न, पढ्न भने आउँछ ।
युएस नेपाल अनलाइन: दोहोरी गीत मन पराउनुको कारण त होला नी?आना स्टार: कारण नै वताउने हो भने विद्यावारिधी गर्नु नै हो । र अर्को हाम्रो समाजमा नेपाली बोल्नेलाई बढि इज्जत गर्छ । र मलाई नेपाली भाषा, साहित्य असाध्यै मन पर्छ ।
युएस नेपाल अनलाइन: नेपाली लोक दोहोरी गीत गाउने प्रेरणा चाही कसबाट पाउनुभयो नी?
आना स्टार: प्रेरणा पाएर गीत गाएको होइन । विद्यावारिधीको लागि वाध्यता हो मेरो । त्यसैले म लोक दोहोरी गीत गाउन आवश्यक ठान्दछु ।

युएस नेपाल अनलाइन: उसो भए दोहोरी गीतबाट विद्यावारिधी गर्न लागेको हल्ला साँचो रहेछ होइन त?आना स्टार: हो । तर नेपाली लोक दोहोरी गीत होइन । दोहोरी अथवा संगीत मानवशास्त्र भित्र परेकोले विषय लोक दोहोरी हो ।
युएस नेपाल अनलाइन: विद्यावारिधी गर्नको लागि नेपाली लोक दोहोरी गीत वाहेक अन्य थुप्रै विषयहरु पनि थिए, यसलाई नै रोज्नु भएछ?
आना स्टार: मलाई नेपाली भाषा र संगीत सम्बन्धी विषयमा विद्यावारिधी गर्न मन छ । नेपाली लोक दोहोरीमा लय अनि लोक भाकाहरुमा नेपाली राष्ट्रियताको पहिचान झल्कने हुनाले र विभिन्न जाति, परम्परा साथै लैंगीक भिन्नता र आधुनिकताको कुराहरु धेरै आउँछ । यस्ता सामाजिक कुराहरुलाई संगीत भाषाबाट र दोहोरीको संसारलाई बुझ्न खोजी रहेको छु । त्यसैले मलाई यसैमा गर्व छ । म यसैमा रम्न चाहन्छु । र अहिले ज्यादै सजिलो पनि भएको महसुस गरेको छु ।
युएस नेपाल अनलाइन: तपाईंले नेपाली लोक दोहोरी गीतमा विद्यावारिधी गर्न लागेको हल्ला त पत्रपत्रिका मार्फत् धेरै पहिले देखि नै हो । अझै कति लाग्छ विद्यावारिधि गर्न?
आना स्टार: नेपालमा प्रकाशित पत्रिकाहरुको आफ्नो सिस्टम होलान् । कुनै पत्रिकाले बढाइ चढाई गरेर लेखे होलान् त्यो आफ्नो ठाउँमा छ । अमेरिकी पि.एच.डी. गर्न कम्तीमा ५ वर्ष लाग्छ । शुरुमा ३, ४ वर्ष क्लासमा बसेर सिक्नु पर्छ । त्यस पछि फाइनल इक्जाम दिएर रिसर्चको प्रपोजल बुझाएर स्वीकार भएपछि मात्र रिसर्चको लागि वाहिर जान पाउँछ । अहिले म रिसर्चको दौडानमा डेढ वर्ष भयो । अनि यहाबाट गएपछि थेसिस लेख्ने अर्को डेढ दुई वर्ष जति लाग्ला ।
युएस नेपाल अनलाइन: दोहोरी गीत गाउन शुरु गर्दा खेरीको र अहिलेको अनुभवमा के फरक पाउनु भयो, बताइदिनुहोस् न ।
आना स्टार: शुरु-शुरुमा त गीत गाउँदा दर्शक सामु डर र लाजले गर्दा अप्ठ्यारो र नर्भस हुन्थ्यो भने अहिले धेरै प्रगती गर्न सकेकोले सजिलो र रमाइलो महसुस भएको छ ।
युएस नेपाल अनलाइन: कुनै पनि कार्यक्रमको लागि गीत गाई दिए वापत कति पारिश्रमिक लिने गर्नु भएको छ नी?
आना स्टार: खासै यति नै भनेर मैले तोकेको छैन र मिल्दैन पनि किनभने म मेरो रिसर्चको लागि दोहोरी कार्यक्रममा सहभागी हुन्छु । अनि अहिले मलाई लोक दोहोरी प्रतिष्ठानले मेरो प्रतिभालाई कदर गरी आर्थिक रुपले सहयोग गर्ने आधार दिएको छ । तर पारिश्रमिक दिएको छैन । स्वइच्छाले दिए ठिकै छ ।
युएस नेपाल अनलाइन: स्टेज प्रोग्राममा मात्र होकी कुनै एल्बममा पनि स्वर दिनुभएको छ?
आना स्टार: मैले कोमल ओली दिदिको 'झ्वाक तन्नेरी' भन्ने एल्बमको 'बी' साइडमा 'शीर फूल कपालैमा'; भन्ने गीतको बोलमा आफ्नो स्वर दिएकी छु ।
युएस नेपाल अनलाइन: नेपाली लोक दोहोरी गीत गाउने कलाबाट आफू कत्तिको सन्तुष्टि हुनुहुन्छ?
आना स्टार: खास म गायिका बन्न खोजेकी भने होइन । नेपाली मेरो आफ्नो भाषा पनि होइन र नेपाली लोक भाकाहरु मेरो देशको लोक भाकाहरु जस्तो छैन । त्यही भएर मैले नेपाली कलाकारहरु जस्तो कलाको गहिराईमा डुब्न नसके पनि दर्शकहरुलाई एकैछिन भए पनि हसाउन र रमाइलो मनोरन्जन दिन सकेकोमा म औधी खुशी छु ।
युएस नेपाल अनलाइन: नेपाली लोक दोहोरी गीत गाउन तपाईको आफ्नो रहर होइन रहेछ भन्दा केहि फरक पर्छ?
आना स्टार: खासै त्यसो भन्न त मिल्दैन । पहिलो कुरो त मेरो बाध्यता नै हो । किनभने म यस विषयमा जसरी भए पनि विद्यावारिधी गर्नु छ । र यो मेरो रहर पनि हो भन्दा फरक चाहि पर्दैन।
युएस नेपाल अनलाइन: कुनै गीतमा भिजुअल पनि गर्नु भएको छ की?
आना स्टार: कोमल ओली दिदिको एल्बममा आफूले स्वर दिएको 'शीरफूल कपालैमा'; भन्ने गीतमा र गोविन्द कार्कीको 'अमेरिकामा'; भन्ने एल्बममा साथै अर्को एउटा लोक गीतमा पनि गरेकी छु ।
युएस नेपाल अनलाइन: आफ्नै लगानीमा आफैले रचना गरेर एल्बम निकाल्ने सोंच गर्नु भएन नी किन?आना स्टार: अहँ गरिन, आफ्नो अध्ययनमा नै व्यस्त छु । समय पनि छैन । मेरो विद्यावारिधीको रिसर्चगर्ने समय पनि मात्र ४ महिना बाँकी छ ।
युएस नेपाल अनलाइन: नेपाली लोक दोहोरी फाँटका तपाईले मनपर्ने चर्चित २ जना गायक, गायिका नाम लिनु पर्दा कस-कसको नाम लिनु हुन्छ?
आना स्टार: गायकमा राजु परियार र गायिकामा शर्मिला गुरुङको स्वर एकदमै मन पर्छ ।
युएस नेपाल अनलाइन: गीत गाउँदै हिड्ने क्रममा नेपालको थुप्रै ठाउँ घुम्नु भएको छ । कुन चाँहि ठाउँ राम्रो लाग्यो?
आना स्टार: छान्न सकिदैन, मलाई त नेपालको सबै ठाउँ राम्रो लाग्छ । एउटाको नाम लिनै पर्यो भने पोखरा मन पर्छ ।

युएस नेपाल अनलाइन: गीत गाउँदै हिड्ने क्रमको सुखद् एवं दुखद् अविष्मरणीय क्षण छ भने बताइदिनु हुन्छ की?
आना स्टार: एक चोटी के भयो भने मैले गीत गाउन पर्यो । र मलाई भित्र भित्रै निकै खुशी पनि लाग्यो । किनभने उपस्थित दर्शकहरुको सामु आफ्नो कला प्रतिभा देखाउने यस्तो मौकामा मैले देखाएर छोड्नु पर्छ भन्ने लागी रहेथ्यो । र स्टेजमा गएँ । तोरी हरियो भन्ने भाका २ वटा रहेछ मैले जानेको 'तोरी हरियो' भाका र वाद्यवादनले बजाउने 'तोरी हरियो' भाका फरक पर्यो । गाउने भाका र बजाउने भाकाको तालमेल नमिलेपछि गीत विग्रयो । अनि मलाई लाज लाग्यो र दुःखी भएर म रोएँ पनि । किनभने मैले आफूले जानेको भाकामा नेपालीहरुलाई आफ्नो कलाकारिता देखाउन पाएँ भन्ने भित्रै देखि लाग्दै थियो । अनि सबैले मलाई हाँसेर खिल्ली उडाएकोमा म दुःखी भएँ ।युएस नेपाल अनलाइन: नेपाली लोक दोहोरी गीतबाट विद्यावारिधी गर्न वाहेक अन्य रुचिहरु पनि होला नी?आना स्टार: विद्यावारिधीमा गीत गाउने मात्रै विषय होइन Speculation विश्वभरी चलेको छ । मेरो यहाँ नेपालमा गरेको रिसर्च Speculation बुझ्न खोज्ने मान्छेहरुले पनि यो प्राय प्रयोग गर्न सकोस भन्ने मेरो लक्ष्य छ । त्यसपछि मेरो प्रोफेसर हुने र विद्यवविद्यालयमा पढाउन सक्ने एउटा दक्ष लेक्चरर बन्ने छु । सम्भव भयो भने नेपालमा पनि पढाउने मन छ । र नेपालको विभिन्न लोक संस्कृतिको विद्यामा र अरु संस्कृतिको पनि रिसर्च गर्ने आशा छ ।
युएस नेपाल अनलाइन: प्रसंग बदलौ, तपाई विवाहित की अविवाहित?
आना स्टार: म अविवाहित हुँ । म केटा मान्छे भएको भए यो प्रश्न सोध्ने थिएन तर ठिकै छ । तपाईले सोधी हाल्नु भयो ।
युएस नेपाल अनलाइन: अविवाहित, त्यस माथि विदेशी कलाकारले परिचित, गीत गाउने क्रममा नेपालीहरुबाट विवाहको प्रस्ताव त थुप्रैबाट आयो होला नी?
आना स्टार: गीत गाउने क्रममा त्यस्तो प्रस्ताव आउनु कुनै नौलो र आपत्ती जनक होइन । आउँछन् एकै छिन् पछि हराउँछन् ।
युएस नेपाल अनलाइन: नेपाली लोक दोहोरी कलाकार मध्ये कुनै एक जनाले वास्तविक विवाहको प्रस्ताव राख्यो भने के गर्नु हुन्छ नी?
आना स्टार: त्यो त मान्छेमा भर पर्छ । र, सोच्नै पर्ने हुन्छ ।युएस नेपाल अनलाइन: तपाईलाई मन पर्ने खाना चाहि...?

आना स्टार: मलाई मन पर्ने खाना धेरै छन् । ती मध्ये दही असाध्यै मन पर्छ । र फलफूलमा भूइ कटहर औधी मन पर्छ ।
युएस नेपाल अनलाइन: जीवन अनि माया के हो जस्तो लाग्छ?आना स्टार: मलाई यसको जवाफ दिन अझै पाँच वर्ष लाग्छ ।युएस नेपाल अनलाइन: अन्तमा, 'आना स्टार' भनेर चिन्ने शुभचिन्तक नेपालीहरुलाई केहि भन्न चाहनु हुन्छ कि?आना स्टार: Follow your dreams and never give up यसको नेपाली अर्थमा भन्नुपर्दा आफ्नो सपना पुरा गर्न आस र संघर्ष गर्न कहिले पनि नछोडनु, यहि भन्न चाहन्छु । र अन्तमा, मिडिया मार्फत् मेरो मनका कुराहरु र विचार राख्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद ।

No comments:
Post a Comment