नपाल टेलिभिजनको लोकप्रिय हास्य शृंखला मेरीबास्सैका धुर्मुस सीताराम कट्टेल र सुन्तली कुञ्जना घिमिरे अब मेरीबास्सै मात्र होइन वास्तविक जीवनमा पनि पतिपत्नी हुने भएका छन् ।एक-अर्कासँग भेट भएदेखि नै दोस्ती शुरु गरेका यी जोडी यही मंसिरको १४ गतेबाट विधिवत् रुपमा सधैंका लागि एक-अर्काका हुँदै छन् । खास गरी मेरीबास्सैमा शुरुमा ग्रामीण क्षेत्रका प्रेमी-प्रेमिका र पछि श्रीमान् श्रीमती हुन
पुगेको यो जोडी लामो समयको प्रेमसम्बन्धपछि आ-आपनो घरपरिवारको मञ्जुरी र सहमति लिएर विवाहबन्धनमा बाँधिन लागेका हुन् ।सोलुमा जन्मिएर झापा गौरादहमा हर्ुर्किएका सीताराम र ललितपुरको चापागाउँकी कुञ्जनाले एक-अर्काबिना बाँच्नै नसक्ने र अपूरक हुने महसुस भएपछि बिहे गर्ने निर्णयगरेका हुन् ।उनीहरुबीच कहिलेदेखि मायाप्रीति बस्यो दुबैलाई यकिन छैन । तर आफू कलाकार भइनसक्दै कुञ्जनाप्रति आकषिर्त भएको सीतारामलाई याद छ । त्यसताका सीताराम दमन रुपाखेतीको एउटा कार्यक्रमका लागि निर्माण व्यवस्थापकको काम सम्हाल्ने गर्थे, कुञ्जना भने त्यसका कलाकारका रुपमा काम गर्न आएकी थिइन् । त्यसै बेला सीतारामले पहिलो पटक कुञ्जनालाई सुटिङको गाडीमा मेकअप गर्दै गरेको देखेका थिए । ँलेखान्त नै भन्नर्ुपर्छ, म केटी मान्छेसँग बोल्न भनेपछि सारै धक मान्थें । तर कुञ्जनालाई देख्नासाथ म किन-किन प्रभावित भएँ । उनीसँग बोलिरहुँ बसिरहुँजस्तो लाग्यो । र निकै बेर गफ गरेर बसिरहें, यो सब दैवले नै लेखेका रहेछन् क्यारे, आज उनैसँग जीवन बिताउने भएको छु’ -सीताराम भन्छन् ।कार्यक्रमहरुमा जाँदा उनीहरुलाई एउटै शयनकक्षको व्यवस्था गरिदिनेलगायतका जोडीका रुपमा व्यवहार गर्न थालेपछि यस जोडीको मायाप्रीतिले झनै झांगिने अवसर पायो । उता अब छोरीको जीवन सीतारामसँगै बित्छ भन्ने बुझिसकेका कुञ्जनाका बाबुले कुञ्जनालाई माग्न आउनेहरुलाई उसको बिहे अहिले नगर्ने भनेर फर्काइदिन थाले ।त्यसको केहीपछि राजधानीमा सम्पन्न गाईजात्रा कार्यक्रममा सीताराम र कुञ्जनालाई सहभागी हुने अवसर जुट्यो । सात दिनसम्म चलेको कार्यक्रमको अन्तिम दिन सीतारामले कुञ्जनालाई मन पराउने कुरा भन्ने प्रयास गरे । तर भीडभाडमा त्यस्तो अवसर नै नपाएपछि उनले फोन गरेर मनको कुरा खोले । कुञ्जनाले क्यारिअर बनाउनेतिर नलागेर अहिले यस्तो कुरा सोच्न नहुने बताएपछि सीताराम हेरेको हेर्यै भए ।संयोग नै भन्नर्ुपर्छ पछि मेरीबास्सैमा सीताराम र कुञ्जना जोडीका रुपमा जुरे । सुटिङमा त सधैं भेटघाट भइरहन्थ्यो नै, जसले उनीहरुलाई एक-अर्कामा नजिकिने अवसर दिलायो । यसबाहेक देश-विदेशमा हुने कार्यक्रममा पनि उनीहरुसँगै पर्न थाले । मायाप्रीतिको मुना विकसित हुने यो राम्रो अवसर थियो । खास गरी देशभित्र र बाहिरका कार्यक्रममा जाँदा व्यवस्थापकहरुले उनीहरुलाई युगल जोडी सम्झी एउटै शयनकक्षको व्यवस्था गरिदिनेलगायतका जोडीका रुपमा व्यवहार गर्न थालेपछि यस जोडीबीचको अज्ञात मायाप्रीतिले झनै झांगिने अवसर पायो । त्यसमा पनि सामान्य बिरामी हुँदाखेरिसम्म कुञ्जनाले पारिवारिक सदस्यसरह मनले हेरचाह गर्न थालेपछि सीताराममा कुञ्जनाप्रतिको आशक्ति बढ्न पुग्यो । यी सब हुन थालेपछि सीतारामले पहिलो प्रस्ताव राखेको एक वर्षछि फेरि आप\mनो प्रस्ताव फरक शैलीमा दोहोर्याउँदै भने ँहेर हाम्रो इलु-इलु छ भनेर सारातिर हल्ला छ, हामीले एक-अर्कालाई पनि बुझिसक्यौं, के गर्ने हो -’ कुञ्जना बोलिनन्, तर उनको बडी ल्यांवेजले सीतारामलाई ग्रिन सिग्नल दिइसकेको थियो । यसरी डेटिङमा नगई र आइ लभ यु पनि नभनी सीताराम र कुञ्जनाले एक अर्कालाई जीवनसाथीका रुपमा स्वीकार्न थाले । उता घरपरिवारमा पनि यो जोडीलाई मौनरुपमै भए पनि स्वीकार्न थालिसकिएको थियो । अब छोरीको जीवन सीतारामसँगै बित्छ भन्ने बुझिसकेका कुञ्जनाका बाबुले कुञ्जनालाई केटाहरुले माग्न आउँदा उसको बिहे अहिले नगर्ने भनेर फर्काइदिन थालेका थिए भने सीतारामको घरमा पनि कुञ्जनालाई बुहारीको रुपमा सोच्न थालिइसकेको थियो । कुञ्जना सीतारामको बहिनीको बिहे र झापातिर हुने कार्यक्रममा त्यहाँ पुग्दा सीतारामको घरतिर जान थालिसकेकी थिइन् भने कुञ्जनाको परिवारले खाना खान बोलाउँदा सीताराम आमासहित उनको घरमा पुग्दा गाउँलेहरु सीताराम कुञ्जनालाई माग्न गएको अनुमान गर्न थालिसकेका थिए । यसका बाबजुद सीताराम र कुञ्जनाले यसपालि नै बिहे गर्नेबारेमा सोचेका थिएनन्, तर ज्योतिषले यसपालि बिहे नगरेर केही वर्षछि बिहे गरे उनीहरुको दाम्पत्य जीवनमै संकट आउने सुनाएपछि झटपट यो जोडी बिहेको निर्णया पुगेको हो ।बिहेका लागि सीताराम र कुञ्जनाले आवश्यक गरगहना, लुगाफाटोलगायतका सामग्रीको किनमेल तथा अन्य तयारी गरिसकेका छन् । बिहे एक दिनको भए पनि तीन साता पूरै बिहेमा बिताउन सीतारामले मेरीबास्सैको तीन भाग खिचिसकेका छन् भने बिहेपछिको बसाइका लागि बानेश्वरमा सानदार प\mल्याट पनि लिइसकेका छन् । ँबिहे गर्न र जोडी जुराउन माथिबाटै लेखिदिएको हुँदोरहेछ’ सीताराम र कुञ्जनाले कामनासँग मुस्कुराउँदै एक साथ भने ।
पुगेको यो जोडी लामो समयको प्रेमसम्बन्धपछि आ-आपनो घरपरिवारको मञ्जुरी र सहमति लिएर विवाहबन्धनमा बाँधिन लागेका हुन् ।सोलुमा जन्मिएर झापा गौरादहमा हर्ुर्किएका सीताराम र ललितपुरको चापागाउँकी कुञ्जनाले एक-अर्काबिना बाँच्नै नसक्ने र अपूरक हुने महसुस भएपछि बिहे गर्ने निर्णयगरेका हुन् ।उनीहरुबीच कहिलेदेखि मायाप्रीति बस्यो दुबैलाई यकिन छैन । तर आफू कलाकार भइनसक्दै कुञ्जनाप्रति आकषिर्त भएको सीतारामलाई याद छ । त्यसताका सीताराम दमन रुपाखेतीको एउटा कार्यक्रमका लागि निर्माण व्यवस्थापकको काम सम्हाल्ने गर्थे, कुञ्जना भने त्यसका कलाकारका रुपमा काम गर्न आएकी थिइन् । त्यसै बेला सीतारामले पहिलो पटक कुञ्जनालाई सुटिङको गाडीमा मेकअप गर्दै गरेको देखेका थिए । ँलेखान्त नै भन्नर्ुपर्छ, म केटी मान्छेसँग बोल्न भनेपछि सारै धक मान्थें । तर कुञ्जनालाई देख्नासाथ म किन-किन प्रभावित भएँ । उनीसँग बोलिरहुँ बसिरहुँजस्तो लाग्यो । र निकै बेर गफ गरेर बसिरहें, यो सब दैवले नै लेखेका रहेछन् क्यारे, आज उनैसँग जीवन बिताउने भएको छु’ -सीताराम भन्छन् ।कार्यक्रमहरुमा जाँदा उनीहरुलाई एउटै शयनकक्षको व्यवस्था गरिदिनेलगायतका जोडीका रुपमा व्यवहार गर्न थालेपछि यस जोडीको मायाप्रीतिले झनै झांगिने अवसर पायो । उता अब छोरीको जीवन सीतारामसँगै बित्छ भन्ने बुझिसकेका कुञ्जनाका बाबुले कुञ्जनालाई माग्न आउनेहरुलाई उसको बिहे अहिले नगर्ने भनेर फर्काइदिन थाले ।त्यसको केहीपछि राजधानीमा सम्पन्न गाईजात्रा कार्यक्रममा सीताराम र कुञ्जनालाई सहभागी हुने अवसर जुट्यो । सात दिनसम्म चलेको कार्यक्रमको अन्तिम दिन सीतारामले कुञ्जनालाई मन पराउने कुरा भन्ने प्रयास गरे । तर भीडभाडमा त्यस्तो अवसर नै नपाएपछि उनले फोन गरेर मनको कुरा खोले । कुञ्जनाले क्यारिअर बनाउनेतिर नलागेर अहिले यस्तो कुरा सोच्न नहुने बताएपछि सीताराम हेरेको हेर्यै भए ।संयोग नै भन्नर्ुपर्छ पछि मेरीबास्सैमा सीताराम र कुञ्जना जोडीका रुपमा जुरे । सुटिङमा त सधैं भेटघाट भइरहन्थ्यो नै, जसले उनीहरुलाई एक-अर्कामा नजिकिने अवसर दिलायो । यसबाहेक देश-विदेशमा हुने कार्यक्रममा पनि उनीहरुसँगै पर्न थाले । मायाप्रीतिको मुना विकसित हुने यो राम्रो अवसर थियो । खास गरी देशभित्र र बाहिरका कार्यक्रममा जाँदा व्यवस्थापकहरुले उनीहरुलाई युगल जोडी सम्झी एउटै शयनकक्षको व्यवस्था गरिदिनेलगायतका जोडीका रुपमा व्यवहार गर्न थालेपछि यस जोडीबीचको अज्ञात मायाप्रीतिले झनै झांगिने अवसर पायो । त्यसमा पनि सामान्य बिरामी हुँदाखेरिसम्म कुञ्जनाले पारिवारिक सदस्यसरह मनले हेरचाह गर्न थालेपछि सीताराममा कुञ्जनाप्रतिको आशक्ति बढ्न पुग्यो । यी सब हुन थालेपछि सीतारामले पहिलो प्रस्ताव राखेको एक वर्षछि फेरि आप\mनो प्रस्ताव फरक शैलीमा दोहोर्याउँदै भने ँहेर हाम्रो इलु-इलु छ भनेर सारातिर हल्ला छ, हामीले एक-अर्कालाई पनि बुझिसक्यौं, के गर्ने हो -’ कुञ्जना बोलिनन्, तर उनको बडी ल्यांवेजले सीतारामलाई ग्रिन सिग्नल दिइसकेको थियो । यसरी डेटिङमा नगई र आइ लभ यु पनि नभनी सीताराम र कुञ्जनाले एक अर्कालाई जीवनसाथीका रुपमा स्वीकार्न थाले । उता घरपरिवारमा पनि यो जोडीलाई मौनरुपमै भए पनि स्वीकार्न थालिसकिएको थियो । अब छोरीको जीवन सीतारामसँगै बित्छ भन्ने बुझिसकेका कुञ्जनाका बाबुले कुञ्जनालाई केटाहरुले माग्न आउँदा उसको बिहे अहिले नगर्ने भनेर फर्काइदिन थालेका थिए भने सीतारामको घरमा पनि कुञ्जनालाई बुहारीको रुपमा सोच्न थालिइसकेको थियो । कुञ्जना सीतारामको बहिनीको बिहे र झापातिर हुने कार्यक्रममा त्यहाँ पुग्दा सीतारामको घरतिर जान थालिसकेकी थिइन् भने कुञ्जनाको परिवारले खाना खान बोलाउँदा सीताराम आमासहित उनको घरमा पुग्दा गाउँलेहरु सीताराम कुञ्जनालाई माग्न गएको अनुमान गर्न थालिसकेका थिए । यसका बाबजुद सीताराम र कुञ्जनाले यसपालि नै बिहे गर्नेबारेमा सोचेका थिएनन्, तर ज्योतिषले यसपालि बिहे नगरेर केही वर्षछि बिहे गरे उनीहरुको दाम्पत्य जीवनमै संकट आउने सुनाएपछि झटपट यो जोडी बिहेको निर्णया पुगेको हो ।बिहेका लागि सीताराम र कुञ्जनाले आवश्यक गरगहना, लुगाफाटोलगायतका सामग्रीको किनमेल तथा अन्य तयारी गरिसकेका छन् । बिहे एक दिनको भए पनि तीन साता पूरै बिहेमा बिताउन सीतारामले मेरीबास्सैको तीन भाग खिचिसकेका छन् भने बिहेपछिको बसाइका लागि बानेश्वरमा सानदार प\mल्याट पनि लिइसकेका छन् । ँबिहे गर्न र जोडी जुराउन माथिबाटै लेखिदिएको हुँदोरहेछ’ सीताराम र कुञ्जनाले कामनासँग मुस्कुराउँदै एक साथ भने । जोईपोइको नजरमनपर्ने कुरा ?
-सीतारामः उनको खुबी । शारीरिक रुपमा पनि उनी राम्री त छँदै छिन् त्योभन्दा पनि बढी भावनात्मक रुपमा राम्री छिन् । अरुसँग कुरा गर्दा उनको खुबीबाट प्रभावित नहुने मान्छे मैले भेटेको छैन ।
कुञ्जनाः रिसाउनुहुन्न, मलाई विश्वास गर्नुहुन्छ, त्यही कुरा नै मन पर्छ ।
मननपर्ने कुरा ?
-सीतारामः उनी चाँडै रिसाउने स्वभावकी छिन् र सामान्य कुरामा पनि अत्तालिन्छिन् । केही टेन्सन, आपत आइलाग्यो भने अत्तालिन्छिन् र कुरै नबुझी रिसाउँछिन् ।
कुञ्जनाः अलि एकोहोरो र जिद्दी हुनुहुन्छ । यो कुरा ठीक होइन भन्दा पनि त्यसलाई घुमाएर सही साबित गर्ने जिद्दी बानी मलाई मन पर्दैन ।
मनपर्ने अंग ?
-सीतारामः उनको ओठ । उनको ओठ देख्दै राम्रो छ, मिलेकोजस्तो छ । उनको शरीरको अंगमध्ये ओठ सबैभन्दा आकर्ष लाग्छ ।
कुञ्जनाः आँखा । उहाँले मलाई व्यक्त गर्ने माया उहाँको आँखामा देखिन्छ । उहाँप्रति विश्वास व्यक्त गराउने अंग भनेकै आँखा हो ।
मन पर्ने पहिरन ?
-सीतारामः सारी लगाएको मन पर्छ, हाइटले दिँदैन तर पनि सुहाउँछ । एक-दुइ ठाउँमा सारी लगाउँदा मन पर्यो । मेरो बहिनीको बिहेमा उनले सारी लगाउँदा झापामा सबैले तारिफ गरे ।
कुञ्जनाः जिन्स पाइन्ट र टिर्सट । उहाँलाई बर्थडेमा पनि टिर्सट नै गिप\mट दिएको छु ।
मन नपर्ने पहिरन ?
सीतारामः उनलाई नसुहाउने पहिरन नै छैन ।
कुञ्जनाः उहाँले मोटो ज्याकेट लगाएको मन पर्दैन । फिटिङ कपडा जे लगाए पनि मन पर्छ ।
िरयल लाइफको कुञ्जना वा सीताराम ठीक कि मेरीबास्सैकी सुन्तली वा धर्ुर्मुस ठीक ?
सीतारामः रियल लाइफकै कुञ्जना ठीक । रिल लाइफको जस्तो आइमाई भयो भने घरव्यवहार चलाउन सकिन्न, लथालिंग हुन्छ ।
कुञ्जनाः रियल लाइफको सीताराम मन पर्छ । मेरीबास्सैको जस्तो गोल्ड्यांग्रे पोइ त कसलाई मन पर्छ र - हा... हा... हा...
la ramro garnubhayo. ok bye
ReplyDeleteKisor Magar